~टेक विवश आर सी~
घरपरिवार, साथीभाइ वारिपारी सम्झेर,
बाझै छोडेर आएको खेतबारी सम्झेर
अचेल एकान्तमा रोइरहन्छ एउटा परदेशी,
भोको पेट र काधको जिम्मेवारी सम्झेर
उ छटपटायो अनि एकोहोरो छाती पिट्दै रोयो,
लाउला खाउला भन्ने उमेरको बिहेबारी सम्झेर
दुख, जिम्मेवारी र सपनाका एकहुल व्यापारी,
उपहार लिइ आउछ्न उस्लाइ कारोबारी सम्झेर
बेला बेला आफैलाइ मार्ने प्रयास पनि गरेको छ,
आफ्नै जिन्दगिको बिबशता र लाचारी सम्झेर
-मुसिकोट, रुकुम (पश्चिम)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )