कथा : नसोचेको शहर

~अस्मिता दाहाल~

मनत केबल मननै रहेछ । हासो, खुशी सब त्यागेर दुखलाइ समायोजन गर्न चाहादैन मन खुशिलाइ साथी बनाउने मनले पिडासँग घुलमिल हुन चाहादैन यदि दुबैलाइ चाह राख्थ्यो भने त्यो मान्छे साच्चै मान्छे हुन्थ्यो होला मान्छेको नामले परिचित खोल मात्र ओढेको जस्तो लाग्छ कसैलाइ चोट लाग्दापनी दयाको भाबनाले हेर्दैन कोहि धनी छ भने दुइचार हजार फालिदिन्छ तर त्यो दया गरेर दिएको हैन त्यो त आफ्नै धन को घमण्ड ले दिएको हो अनि गरिब छ भने आफुलाइ त नभाको के दिन्थ्यो र अर्को मध्यम बर्गकोलाइ धनी बन्ने सपनाको कारण सहयोग गर्न चाहादैन आजको युग का यि तिन बर्गमा बाडिएका तिनै थरिका मान्छे ले दया को भाबनाले हेर्दैनन यसरिनै आजकाल धनले सबैलाइ लोभ्याएको छ मान्छे आजको यो युगमा आउदा पनि कोहि कसैलाई सहयोगि भाबना राख्दैन कोहि कसैलाइ साच्चै पिडा पर्दा पनि सहयोगी हातहरु फैलिदैन फैलिन्छ त केबल उसको त्यो बाडरुपी बचनले मनलाइ छियाछिया बनाइदिन्छ कोहि कसैमाथी दया, माया नभएको धन के धन जुन आफु साथ लिएर जान पनि सकिदैन ।

म विकट गाउँमा जन्मेको मान्छे हु गाउँमा हुँदा घाँस दाउरा भन्दापनी बढी बाख्रा पाठा चराउन जान्थे त्यो चहुरमा बसेर कसैको कथा पढ्दा खुबै आनन्द लाग्थ्यो धेरै कथाहरू पढेको थिएँ र लेखेको पनि थिए त्यो बाल्यकालमा बिचरा मेरो त्यो कपिमै सीमित कथाले सहरको मुख नै देख्न पाएन ।

कताकता २०७२ सालको भूकम्पमा परि मरेका बाख्रा पाठा सङै हराएर गए । त्यो भिर पाखा,छाँगा,छहरा र पहराहरू मेरा प्रिय साथी हरू थिए । जाहा जस्तो भिर पहरा मा पनि जान्थे तिनै डाँडा पाखा पखेरामा बसेर मन्द मन्द चलेको सिरसिर हावा सङै पाखा थर्किने गरी गीत गाउँदा झनै आनन्द आउँथ्यो मन नै फुरुङ्ग हुन्थ्यो आहा ! सधैँ यी पाखा पखेरासङै मितेरी साइनो गाँसी रहु जस्तै यिनै प्रकृति सौन्दर्यहरुसगै बसिराख्न मन लाग्थ्यो तर मत छोरी मान्छे थिए एक दिन सब छोडेर जानु पर्छ भन्ने लाग्थ्यो मेरो त्यो जन्म भएको डाँडा पाखा म आफूलाई जति माया गर्छु त्यति नै माया गर्छु त्यहाँ पनि म एक दिन सबै बाट टाढा जानु पर्ने दिन मलाई प्रिय लाग्ने ती प्रकृतिहरू पनि रुन्छिन् होला भन्ने लागेर एक्लै रुन्थे, कहिले कही लाग्थ्यो यिनै प्रकृतिको काखमा बसेर मितेरी साइनो गायौ यिनैसँग भावनात्मक सम्बन्ध गायौ अनि युगौ युगौ सम्म यिनीहरूकै काखमा दुःख सुखसँगै लुकामारी गर्दै जीवन व्यतीत गरौँ म यत्ति माया गर्थे कि बयान गर्न पनि सक्दिन म सङै जिस्किने ती प्राकृतिक छटाहरू पनि रुन्छन् जस्तै लाग्थ्यो ।

सहरिया मेरा आफन्तहरू कहिल्यै पनि हामिकहा जानु हुन्न थियो बल्लबल्ल जादापनी गोडा दुख्यो भनेर तेल लगाउनु हुन्थ्यो मलाइ चैँ मन मनमा अत्ति रिस उठ्थ्यो नौटङकिहरु हामीलाई सधैँ घाँस दाउरा बिहान देखी बेलुका सम्म एक छिन नबसी काम गर्दा दुख्दैन त मनमनमा त यत्ति रिस उठ्थ्यो कि रिसको सिमानै हुँदैन थ्यो । सहरिया मान्छेहरूले यस्ता गतिविधि देखाउँदा मलाइपनी त्यो स्वार्थी सहरमा जान मन लाग्छ दिदी सहर तिरै पढ्न बस्नु भाथ्यो र म पनि जाने निर्णय गरे ममी र म गाउँबाट हिँड्यौ परिस्थिति अनुसार बुलेरोमा एउटा मात्र सिट खाली भएकाले म बुलेरोमा अनि ममी बसमा बस्नु भयो मलाइ चोक मा लगेर ओराल्दियो मेरो लागि नौलो ठाउँ कहाँ कुन चोक थियो त्यो पनि थाहा थिएन धेरै बेर सम्म ममी आइ पुग्नु भएन मलाइ धेरै डर लागिरहेको थियो न कतै मलाइ कसैले लगेर कतै बेचि दिने पो होकि म धेरै डराएको थिए सारै रुन मन लागेको थियो एउटा् सम्म गाडी नदेखेको सुनासान गाउमा जन्मेर हुर्केको म गाडिहरुबाट बचेर त्यो बाटो काटि पारी सम्म जान सकिन बहिर मान्छेको सामु नरोए पनी भित्र मन रोइसकेको थियो जाहा गाडिले ओराल्दिएको थियो त्यही बसिरहे । अरु साना साना नानिहरुले फुत्त फुत्त रोड काटेको देख्दा बाबा ममिसँग पनि सारै रिस उठ्छ कम्सेकम मलाई पनि अलि सानु हुदा लिएर आको भए त अहिले गारो हुन्न थियो नि मन भित्र यस्तै कुराहरु माडारी रहन्छन । सहरका मान्छेहरु कस्ता हुन्छन ? के खान्छन ? के लाउछन ? होला मनमा धेरै जिज्ञासा लागेको थियो ।

गाउमा हुदा टिभि हेरिन्थ्यो त्यो टिभिमा आउने मान्छेहरु त झन कति राम्रा होलान झै लाग्थ्यो कतै किताब तिर पत्रिका मार्फत आउने रचना हरु को लेखक को नाम सुन्दा यो रचना लेख्ने मान्छे के गर्दै होलान, यो लेख रचनाहरु कसरी लेख्छन होला भन्ने जिज्ञासा लाग्थ्यो । सुनेको थिए सहरिया मान्छे हरु त झनै स्वार्थी ,दया, माया ,नभएका निदृय हुन्छन रे सहरमा त एक्लै हिंड्दापनी तानेर लगी बैबइका कोठीमा समेत लगेर बेचि दिन्छन भनेर म सानु नानी हुदा ममि ले भन्नु हुन्थ्यो त्यहि कुराहरुले हृदयलाई चिमोटि रह्यो सहरमा त मान्छे भएर मान्छेकै खुसी खोस्छन भन्नु हुन्थ्यो । ममिले भन्नु भएका कुराहरुले मन भरी डर त्रास बोकेर त्यहि चोक मा टोलाइ रहे कोही मान्छेसँग बोल्न पनि सकिन किनकी ममाथी गिद्दे नजर लगाउने हुनकी भनेर म चुपचाप एता उता टोलाएर बसि रहे धेरै बेर पछि ममि आउनु भयो मलाई एक्लै बस्दा बस्दै पट्यार लागि सकेको थियो कहिले पुग्न कोठा सम्म भइ सकेको थियो सहरको धुलो धुवा गाढीको आवजले प्रदुषीत वातावरणमा मलाई घुलमिल हुन गाह्रो भई रहको थियो । यतिकैमा एउटा बुलेरो टक्क हाम्रो सामुन्ने रोकिन्छ र बुलेरोमा हुने मान्छे बोल्छ रूम जाने हो ? बस्नु म पुर्याइ दिन्छु ? लागिरहेको थ्यो मनमा यो मान्छै नै त होनि ममि बस्नु भयो मलाइ त्यो बुलेरोमा बस्न मन थिएन म के गरु के गरु भए अलि रिङगटा पनि लागिरहेको थ्यो फेरि अर्को बाइक मेरो समुन्ने रोकियो र बाइकको मान्छे बोल्नु हुन्छ कता जाने हो ? रुम जने भय म नानीलाइ लगिदिन्छु नि त बाईकमा आउने अपरिचित मान्छेको कुरा सुनेर म ट्वाल्ल परेर हेरिरहे छोटो समयमा पनि मेरो मन भित्र खैला बैल मच्चियो कहाँको को मान्छे हो यस्ले मलाई कतै वेच्न लान खोजेको त हैन ? मनले प्रश्न गर्छ म डराएर अलि पर सर्छु र आमाको नजर तिर हेर्छु आमाको चेहरामा डर त्रासहरु थिएन अनुमति दिनु भयो जाउनत वाईकमा त्यस पछि म पनि हुन्छ भनेर बसे वाइकमा तर कहिले नचढेको बाईक र अपरिचित मान्छे दुबै मेरा लागि डर त्रासले पिरोलि रहेको थियो ।

वाइक त बसे तर बाटो तिरै झर्छु कि झै लागिरहेको थ्यो तर मैले त्यो मान्छेलाइ दरो सँग समाउन पनि डर लागेर अलि पर पर वसेको थिय मनमा लागेको थियो यो मान्छे को हो ? ममिले किन यो मान्छे सँग पठाउनु भएको होला न लगेर बेच्दिनी पो होकी मनमा हजारौ कुरा हरु तछाड मछाड गरेर खेल्न थालेका थिए मेरो अनुहारमा भय ,डर,त्रासका रेखाहरु कोरीएका थिए । म अब बेचिए झै लागेको थियो यत्तिकैमा वाईक रोकिन्छ मेरो रूम आइ पुगेछ मलाइ त हामी काहा बस्छौ नै थाहा थिएन फेरि उभिरहे तिम्रो रूम पारी छ आउ भनेर त्यो मान्छेले पसल सम्म पुर्याइ दिनु भयो अनि मेरो हृदय र मस्तिक भरी ममिले गाँउमा हुदा भनेको स्वार्थी सहरका निर्दयी मान्छे भन्दा फरक लाग्यो कि सहरिया सबै मान्छे एउटै हुदा रहेनछन मैले जे सोचेको थिए त्यो गलत रहेछ गाँउमा पनि मानवताको खडेरी परेका वेला सहरमा पनि सहयोगी र दयालु मान्छेहरु हुदा रहेछन त्यो मान्छे सँग जुन दिन भेट भएको थियो हो त्यहि दिन देखी म सँगै हुन्छु मलाई सत्मार्ग देखाउनु भएको छ के खराव ? के असल ? के गर्नु हुन्छ ? के गर्नु हुन्न ? केले हाम्रो जीवनलाई सार्थक बनाउछ ? केले हाम्रो आफ्नो पहिचान कायम राख्छ ? यो गर त्यो नगर भन्दै मलाइ हौसल्ला अनि काममा उत्प्रेरणा दिने एउटा ठुलो व्यक्ति बन्नु भाको छ मलाइ लाग्थ्यो कोहि होस अनि मलाइ सहि गलत को पुरा अर्थ बताओस आज तेस्तै मान्छे सँग छु मैले सहरिया मान्छे हरुलाइ जुन दृृिष्ट्रले हेरेको थिए आज ठिक बिपरित हुन पुग्यो ।

-कमलामाई नगरपालिका ६ सिन्धुली

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.