लघुकथा : डर

~शोभा गुरुङ्ग~

सानी निकै ज्ञानी छिन । विहान सवेरै उठि फे्रस भई कालो चियामा घरमा भएको विस्कुट, रोटी खाई साईकल समाई घर देखि ४ किलोमीटर टाढा टयूसन पढन जानु उनको विहानीको दैनिकी शुरुवात हो । टयूसनबाट फर्किए पछि घरमा एकै छिन यताउती गरे पछि खाना खाईवरि स्कुल ड्रेस लगाई ५ के.जी. को झोला बोक्छिन । नअटाएको मोटो किताब हातमा बोकि साथीहरुसँग रमाईलो गर्दै ठिक टाईमा स्कुल पुग्छिन । राष्ट्रिय गान पछि स्कुलमा हुने कार्यक्रममा प्राय: निर्धक्कका साथ विषयवस्तु भित्र रहि बिचार दिने गर्छिन । उनको यो बानीबाट स्कुलका शिक्षक शिक्षीका सवै उनीसँग खुशी छन । यो बाहेक सांस्कृतिक कार्यक्रममा नृत्य गर्ने, खेलकुदमा भाग लिने देखि अन्य अतिरिक्त क्रियाकलाप सवैमा भाग लिने र सवैमा उत्कृष्ट हुने गर्थिन । उनी एक जेहेन्दार विधार्थी भएकोले स्कुलका सिनीयर विधार्थी देखि लिएर जुनियर भाईबहिनीहरुको मन मनमा बसेकी थिईन ।

कहिले काही मात्र घरको सदस्यहरुसँग बाहिर घुम्न जाने सानीको बानी थियो । प्रायः घर परिवारका सदस्यहरुसँगै रमाउने, पढने, लेख्ने उनको बानी थियो । बाहिर निस्किनु भनेको विहान घर देखि टयूसनका लागि ट्यूसन सेन्टर सम्म मात्र थियो । कक्षा ७ मा पढने सानीलाई कुन ठाउँ कता छ , कुन गलीबाट कहाँ पुगिन्छ केहि जान्दैनिन । घर देखि ५ मिनेटमा पुगिने वागेश्वरी मन्दिर जाने बाटो पनि उनीलाई थाहा थिएन । मन्दिर सम्म जादा पनि उनी घरका सदस्यहरुसँगनै जाने बानी छ । एक्लै कहिले कतै जाने बानी थिएन ।

एक दिनको कुरो हो साँझको समय थियो । उनी आफ्नो दिदीसँग व्युटिपार्लर गईन । पार्लरमा धेरै भीड थियो त्यसैले बाहिरको कोठामा लस्करै राखिएको कुर्सीमा अरु पनि धेरै महिलाहरु पालो कुरि बसि रहेका थिए । सानीको दिदीबहिनी पनि त्यहि आफ्नो पालो पर्खदै बसे ।

निकै बेर कुर्दा पनि पालो पाउने जस्तो छाटकाट थिएन । सानीकी दिदीबहिनी भित्र पसे । भित्र मुस्लिम महिलाहरुको एकदमै भीड थियो शायद उनीहरुको मोहर्रम पर्व आउदै गरेकोले होला । मुस्लिम महिलाहरु सवै आफ्नो पहिरन बुर्कामा थिए । सवै कालै कालो बुर्कामा । सानीलाई रिङटा आउन थाल्यो । चिटचिट पसीना काढेर वान्ता आयो । दिदीले बाथरुममा लगेर हातमुख धोई फ्रेस गराए पछि दुवै घर तिर फर्के । सानी बाटो भरि रुदै रुदै घर फर्किन । घर पुगेर मम्मीसँग अंगालो हाल्दै मम्मी भुत भुत भनेर झन कराउँदै रुन थालिन ।

सवै कुरा बुझे पछि मम्मीले सानीलाई सम्झाँउदै भन्नु भयो नानु तिनीहरु हामी जस्तै मान्छे हुन । जसरी तिमी, तिम्रो दिदी स्कुल जादा, अफिस जादा डे«स लाउछौं नि हो त्यस्तै ड्रेस हो त्यो पनि । मुस्लिम समुदायका महिलाहरुको ड्रेस हो । सवै समुदायको मगर, गुरुङ्ग, शेर्पा, तामाङ, नेवार सवै समुदायको आ आफ्नै पहिरन हुन्छ । तिमी , तिम्रो दिदी, बाबा, दादाहरुले आफ्नो डे«स लाउन हुने अनि मुस्लिम महिलाले आफ्नो ड्रेस लाउँदा किन डराउने ? तिमीले पहिलो पटक त्यस्तो ड्रेसका महिलाहरुलाई देखेको हुनाले डराएको हुनुपर्दछ तर डराउनु हुदैन नानु , अब देखि कहिले नडराउनु है भन्दै सम्झाउनु भयो ।

सानीकी दिदी भित्र कोठाबाट कराउँदै भन्छिन : “मम्मी यो कहि कतै नजाने भएर हो , यसलाई पनि कहिले काहि घुमाउन लग्नु पर्छ नत्र त नौलो मान्छे देख्ने वित्तीकै डराएर फेरि नरुन के बेर ।”

हाम्रो देश बहुजाती, बहु धर्मावलम्बी, बहु भाषाभाषी, बहु संस्कृतीको साझा फुलवारी हो यहाँ सवै जातजाती भाषा भाषीका मानिसहरुको बसोवास छ । सवैको आ आफ्नो भाषा छ । सवैले आ आफ्नो धर्म मान्छन । सवैको भाषाधर्म, संस्कृतिको सम्मान गर्नु पर्दछ । नेपालमा बस्ने हामी सवै नेपाली हौ र हाम्रो देश नेपाल हो भन्ने भावना सवैमा हुनु पर्दछ ।

२०७५ फागुन १९

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.