कविता : मेरो देश अँध्यारो नै छ

~जिबीहाङ राई~

गुन्द्रिबाट पलङमा सरेपछि त
निन्द्रापनि राम्रै लाग्दो रहेछ क्यारे !!
डसनामाथि शिरक ओढेपछि त
सपनापनि राम्रै देखिन्छ क्यारे !!!
बार्दलि उक्लेपछि कुन्नी आकाशमात्र देखिन्छ क्यारे !!!!
कौशिमा चढेपछि त भुइतलाको चिसो थाहा हुँदैनकी कसो ??
आखिर यस्तै त भयो नि !!!
सभाको भाषनमा ,मन्त्रिको आसनमा
आन्दोलनको बजारमा , हजारौ हजारमा
राष्ट्रिय अधिबेशनमा , अन्तरराष्ट्रिय सम्मेलनमा
जहाँ जहाँ पुगेपनि
हाम्रा हजुर हाम्रा नेताले
मेरो देश उज्यालो छ भनेपनि
अझै,
मेरो गाउ अँध्यारो नै छ
अँध्यारो अँध्यारो नै छ
साच्चै
मेरो देश अँध्यारो नै छ ।

(स्रोत : सोलुअन्लाइन डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.