गजल : पिंजडा रहेछ

~छविलाल खड्का~

जागिर भन्नु त केवल, पिंजडा रहेछ
गणेश प्रवृत्तिको मात्र, अखडा रहेछ ।

गणेश गणेश रहे , कुमार कुमार नै
नियम कानून त मात्रै, बखेडा रहेछ ।

राम्रा हैन हाम्राको, सरूवा पदस्थापना
टेड युनियनका बिच, झगडा रहेछ ।

बबुरा थाङ्नेको सरूवा,पदस्थापनामा
कानूनका दफा दफामा, लफडा रहेछ ।

विरेधी कत्ता कायम गर्ने, ती थाङ्नेलाइ
नष्क्रिय बनाउने ठाउँ, जगेडा रहेछ ।

छविलाल खड्का
कोहलपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.