कविता : कस्तो हो यो मेरो

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

कस्तो हो यो मेरो जीवन को बेदनारु
जहा एकै थोपा पनी सुखको आशु छैन
कस्तो हो यो मेरो जीवन को सुरुवात
जून यो मस्तिस्क मा कुनै लक्छ्य नै छैन ।

कस्तो हो यो मेरो जीवनको इच्छा
जस्लाई मैले थाहै नपाई आफै मारेको छू
कस्तो हो मेरो जीवन को पहिलो चालरु
आखिर बिना कुनै लक्छ्य म आफै हारिसकेको छू ।

कस्तो हो यो मेरो जीवन को वास्तविकता
सधै एस्को कुनै तथ्य,मान्य छैन
कस्तो हो यो मेरो जीवनको पहिलो रहर
जहा एस्को कुनै मूल्यांकन छैन ।

कस्तो हो यो मेरो जीवनको आसा अनि चाहना
यहाँ कसैको निम्ति कही कुनै शांति छैन
कस्तो हो यो मेरो जीवनको त्यान्द्रो,पर्खाल अनि खुट्किलो
जहा मनमा अलीकती के लक्छ्य बोकी म आफै शांति खोज्न सकिरहेको छैन ।

(स्रोत : सोलुअन्लाइन डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.