गजल : आउँदै छु है भनी

~शीतल शर्मा~

धेरै पटक निम्ता दियौ आउँदै छु है भनी ।
दुविधामा परिरहें होइन जस्तै मानी ।।

लगातार सायरीका वर्षाहरु वर्षे ।
करै लाग्यो स्वीकार गर्न आफ्नै जस्तै मानी ।।

पूर्व जन्म नाता हो कि हेर्न पनि थालें ।
सबै पढें तिम्रो बारे आफ्नै जस्तै मानी ।।

सायरीका सबै अक्षर मलाई जस्तै लाग्यो ।
अक्षरहरु गुलाबका फूल जस्तै मानी ।।

धन्य भएँ ईश्वर प्रति तिमी पाएँ भनी ।
अनौठो यो सम्बन्धलाई आफ्नै जस्तै मानी ।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.