~अनमोल पीडित खालिङ~
अतितको ब्यथ यो मुटुमाझ मैले साँच्न सकिन
बियोगको कथा साँचेर एक्लै मैले हाँस्न सकिन!
खोला बनी बग्छ जीवन मैले एक्लै छेक्न सकिन
आँशु बनी झर्छ जीवन मैले एक्लै रोक्न सकिन!
अती बिशाल रहेछ मायाको सागर मैले एक्लै तर्न सकिन
…किनारामै साथ छोड्यो तर पनि मैले मर्न सकिन!
लहलाउँदो तिम्रो त्यो लाली जोबन मैले चोर्न सकिन
चाहेर पनि त्यो तिम्रो तस्वीर ह्र्दयमा कोर्न सकिन!
(स्रोत : सोलुअन्लाइन डट कम )