गजल : थुनामा राख्न खोज्दैछन

~जैनेन्द्र जीवन~

पक्रिएर हावालाई थुनामा राख्न खोज्दैछन,
पन्छाएर देउतालाई कुनामा राख्न खोज्दैछन ।

कुनै कमी छैन पाखण्डहरुको यो दुनियाँमा
समुन्द्रका छाललाई दुनामा राख्न खोज्दैछन,

संख्या नै सबै थोक हो भनि साबित गर्न
शुन्यलाई शुन्यले गुनामा राख्न खोज्दैछन,

भित्र मुटुका तरँग र ढुकढुकीहरुलाई
बाहिर वस्त्रका तुनामा राख्न खोज्दैछन

खुम्च्याएर उज्यालो त्यो सारा आशलाई
अँध्यारो कतै कुनामा राख्न खोज्दैछन ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.