~शीतल शर्मा~
कुरिराख्छु तिमीलाई रात ढल्दासम्म
बिहानीको मिर्मिरेमा भाले बास्दासम्म ।
झुल्के घामको किरणले लाली फूल्दासम्म
सन्ध्याकालिन आरतीको घण्टी बज्दासम्म ।
कुरिराख्छु तिमीलाई रात ढल्दासम्म ।।
कोपिलाका मूनाहरु फूल नफूलेसम्म
फूलहरु सबै रुखका नओइलाएसम्म ।
कुरिराख्छु तिमीलाई रात ढल्दासम्म ।।
गुलाबको रातो गुच्छा लिई आउंदासम्म
ती गुलाबका सबै पत्र नझरेसम्म ।
कुरिराख्छु तिमीलाई रात ढल्दासम्म ।।
तिम्रोमात्र गुलाब लिन्छु म नमरेसम्म
यो मुटुको ढुकढुकीको अन्तिम पटकसम्म ।
कुरिराख्छु तिमीलाई रात ढल्दासम्म ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )