~तिलाचन चापागाईं~
कहिले काहीँ उनलाई हेरी, जिस्काइदिउँ झैं लाग्छ।।
मेरो घरको झा्यल खोली, चिहाइदिउँ झैं लाग्छ।।
नसालु छ उनको हेराई, तर पनी डराइ डराइ
उनकै लागी एउटा गीत, गाइदिउँ झैं लाग्छ।।
मनमा कुरा कती थिए, उनीसँग भेट्न पाए
आउँछीन की नाइ, एक पल्ट बोलाइदिउँ झैं लाग्छ।।
आइन भने कुनै कुरा, बोल्छीन की बोल्दीनन
नबोले नी उनलाइ हेरी, टोलाइदिउँ झैं लाग्छ।।
देखे देखी उनलाइ मैले, मनमा के के भा’छ
विपनीमा नभए नी, सपनी मै सताइदिउँ झैं लाग्छ।।
– ओहायो, अमेरिका
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )