~अर्जुन उपाध्याय~
यतै कतै हुरि रहेछ
सम्झनाको खरानी तिम्रो
त्यसै बाट बनेर बर्ष
आएछ श्रावण मेरो
पिई त्यो वर्षातको पानी
रगत झन बलियो भो
गुजरिए जुन पनि अन्जानका दिनहरु
सजिलै प्यार भयो
विछोडिनु तिमीबाट
त्यही नै मनमन्दिरको प्रेम भो
सपना त दिनहू देखेको छु
तिम्रो बारेमा प्रियतम
तर मयुशी छ हरपल
मनका रंगहरुले धेरै सजाई हेरे
तस्विर तिम्रो अझै
अन्जान बनिरहेछ प्रियतम
अनगिन्ती भावहरुले
भरिएको छ मुटु
लाखौ सपना चाहेका छन
झिलमिलाएका आँखाहरुमा
मन भित्र त्रासको नदि
नजर अझै तेज छ
चोटले भएभित
यो रुपमा
अब कस्को प्रतिक्षा छ
कुन संसारको आशा छ ।
– अर्जुन
कपिलवस्तु , नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)