कविता : न्याय को बाटो

~रितु खनाल~

न्याय को बाटो मा देखाऊ हिडेर तिमी
यो देश तिम्रो हो , बन्नु पर्छ नेता तिमी

दुनियाको रिति , भन्नु हुन्न कसैलाई तिमी
सत्यता को बलमा सधै अगाडी बढ्नु तिमी
बदल्न सक्छौ एकदिन संसारलाई तिमी
न्याय को बाटो मा देखाऊ हिडेर तिमी
यो देश तिम्रो हो , बन्नु पर्छ नेता तिमी

आफ्नु पराइ होउन तर अन्याय नगर्नु तिमी
हरेक सफल पाइलाहरु न डगमगाउनु तिमी
यात्रा निकै कठिन छ न आत्तिनु सधै तिमी
न्याय को बाटो मा देखाऊ हिडेर तिमी
यो देश तिम्रो हो , बन्नु पर्छ नेता तिमी

मानबता को सधै इज्जत राख्नु तिमी
तन मन को भेटि राखी देशप्रेमी हुनु तिमी
जीवनको अन्तिम घडीमा न्याय गर्नु तिमी
यो देश तिम्रो हो , बन्नु पर्छ नेता तिमी
न्याय को बाटो मा देखाऊ हिडेर तिमी

– रितु खनाल
बुद्ध बाटिका नगरपालिका , कपिलवस्तु

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.