कविता : उपहार

~विष्णुकुमार श्रेष्ठ~

अञ्जली भरी फूलका थुंगा तिमीलाई उपहार ।
उपहार मेरो खुसीको संसार तिमीलाई उपहार ।।

यो नीलो आकाश जति म देख्छु तिमीलाई उपहार ।
म खेली हिडने पाखा र चउर तिमीलाई उपहार ।।

गर्मीको चिसो वतास सवै तिमीलाई उपहार ।
जाडोको न्यानो सूर्यको किरण तिमीलाई उपहार ।।

झर्नाको चिसो कल्कले पानी तिमीलाई उपहार ।
हरियो वनको सौन्दर्य सवै तिमीलाई उपहार ।।

सकल मेरा इच्छा र आकांक्षा तिमीलाई उपहार ।
उपहार मेरो जीन्दगी सवै तिमीलाई उपहार ।।

(स्व विष्णुकुमार श्रेष्ठबाट ४० वषै अगाडि रचित कविता)

(स्रोत : लेखकपुत्रको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.