यौन कविता : अर्ग

~पुष्कर लोहनी~

सम्पूर्ण आफूलाई चोखो राखेर
अझ चन्द्रमालाई साछी
उत्तानो पारेर थापेको अर्ग
यौटा लामो केरा
छोरो पाउने रहरमा लोग्नेलाई प्रसाद ।

चन्द्रमा आफै लाजले पहें ली हुन्छिन्
यौटी पूर्ण नारीलाई अर्ग अगाडि ठिङ्ग उन्बेको देखेर ।

पूर्णेको रात
पूर्ण जवानी अर्ग जस्तै उत्तानो भइरहेछ
यौटा लामो केराको प्रतीक्षामा ।

(स्रोत : कवितासङ्ग्रह : कौडी (२०४० बैशाख)बाट टङ्कण गरिएको )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.