कविता : जागृति सन्देश

~ताराप्रसाद श्रेष्ठ~

तराई पहाड सुन्दर हिमाल, “एमसीसी”ले खाने भो नेपाल
राष्ट्रियता स्वाभिमान बन्धकमा पारी ।
स्वाभिमानी जनतालाई बोकाइ ऋणको भारी ।।
पुर्खाका ती गौरवगाथा इतिहास सान ।
शहिदका सुन्दर सपना लागे वेचि खान ।।

बहुमतको सरकार आएर, जाने भयो देशलाई खाएर
अङ्ग्रेजलाई भगाउने विराङ्गना, विर ।
युद्वकला कौशलले बनाई उचो शिर ।।
स्वर्ण अक्षर ईतिहास नेपालको राम्रो ।
संसारलाई चिनाउने “सगरमाथा” हाम्रो ।।

जनताका मत गयो खेर, नेपाल आमा रुदैछिन लौहेर
कालापानी लिपुलेक लिम्पिया धुरा ।
देशभरि अतिक्रमण–सिमानाका कुरा ।।
डस्मिनमा फालीकन राष्ट्रवादि बन्छन् ।
विकासले झलमल देशपार्ने भन्छन् ।।

हुन्न भलो “एमसीसी” खाएर, व्वाँसो सङ्ग मितेरी लाएर
संस्कृति र सस्कारलाई बनाई थिलो–थिलो ।
शिकारीको भाग जस्तो लगाएर विलो ।।
संघियता, प्रदेश र स्थानिय तह ।
भ्रष्टाचारी माछा पाल्ने बनाएर दह ।।

लेण्डुपेको भुतले समायो, बालुवा टार यसरी रमायो
जाग उँठ ! स्वाभिमानी देशवासी सारा ।
राष्ट्रघात (एमसीसी) को विरुद्धमा लगाएर नारा ।।
स्वाधिनता बचाउन मर्न परे मरौ ।
राष्ट्रघातको विरुद्धमा सबै अघि सरौ ।।
जागृतिको सन्देश बोकेर, अघि बढौ, एमसीसी रोकेर ।

२०७६–१०–२१–०३

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.