आविष्कार कलाका तीन मुक्तकहरू

~आविष्कार कला~

(१)
क्षितिज भन्दा परको स्वर्ग चाहिँदैन
क्षितिजको पारी पट्टी नजर लाईँदैन
आँधी हुरी मात्र होइन ज्वाला बन्छु म
साम्राज्यवादी खुनी नङ्गा यहाँ चाहिँदैन ।

(२)
अनुदानको डोकोभित्र विषको ठूलो पोको
वीरका सन्तान बनीराछन् बलिको बोको
जल जंगल जडिबुटी जीवन बचाउ माटो
यहीँ माटो अमुल्य छ हुन्न कोही भोको ।

(३)
गाउँ जाग ठाउँ जाग शहर अनि बस्ती
मातृभूमि सुरक्षार्थ हामी जनताकै गस्ती
हस्ताक्षर नहोस् कतै मुटु बिझ्ने वाक्य
जानाजान वा भुलमा के–के भो ? हिजो र अस्ति ।

– रसपुरकोट ७ प्युठान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.