~एकादेशको गगनराज~
उधार्दिनौ फेरी लाटी! बोक्राभित्र छु ।
छामिहेर तिम्रै छेउको धोक्राभित्र छु।
अ मिलोछु,गुलियो छु टर्रो पनि आफैँ
रस मात्र पियौ म त छोक्राभित्र छु।
फुलपाती भनेको त के पो राम-राम
भन्या किन नसुन्या हो?टोक्राभित्र छु।
मेरो मन, मेरो पन अझै थाहा छैन?
किन खोज्या भरीलामा खोक्राभित्र छु।
तिम्लाई सम्झि चिच्याएको धेरैधेरै भो
बोक्न लाई आउन मोरी कोक्राभित्र छु।
एकादेशको गगनराज
गजलशिविर, राजधानी