कविता : किन गाउन दिंदैनन् जीवनको गीत

~यकिना अगाध~

आमा !
किन गाउन दिदैनन्
त्यो मास्टरले
मलाई आफ्नो जीवनको गीत ।

हातमा छडी लिएर
उचाईंको हिसाब सिकाउछ र भन्छ
सगरमाथाको गीत गाउ
आदर्श भट्याउछ र भन्छ
सीता र भृकुटीको गीत गाउ
समानताको ब्याख्या गर्छ र भन्छ
बुद्धको गीत गाउ
श्रमको मूल्य घोकाउछ र भन्छ
अरनिकोको गीत गाउ ।

आमा !
किन गाउन दिदैनन्
त्यो मास्टरले
मलाई आफ्नो जीवनको गीत ।

मलाई किन
सगरमाथाभन्दा अग्लो नहुनु भन्छ
सीता र भृकुटी जस्तो
अरुकै मुलुकको लागि जोवन चढाउ भन्छ
बुद्धजस्तो
राज्याधिकार नरोजेर भिक्षु बन भन्छ
अरनिको जस्तो
सीपजति अरुकै मुलुकमा सजाउ भन्छ

आमा !
हातमा छडी लिएर
किन गाउन दिदैनन्
त्यो मास्टरले
मलाई आफ्नो जीवनको गीत ।
म भने गाउन चाहन्छु
आफ्नै जीवनको गीत ।
यो कुरा
किन थाहा पाउदैनन्
हाम्रो देशको प्रधानमन्त्रीले ।
आमा !
त्यो प्रधानमन्त्री
मजस्तो स्कूल जादैनन् हो ?
कि प्रधानमन्त्रीलाई
यो देशमा
स्कूल छन् भन्ने थाहा छैनन् हो आमा ?

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.