कविता : गाँस्नु पर्ने मनहरु

~रमा अधिकारी ‘कादम्बरी’~

मनहरु
एकताको मालामा गाँसिएकै जाति हुन्छ
मनहरु
मायाको धागोमा उनिएकै बेस हुन्छ
मनसँग मन टाढिएको सुहाउँदैन
मनले मनलाई रुवाएको शुभ हुँदैन ।
मन फाटेपछि
घृणा साटेपछि
हिंस्रक हुन्छ मान्छे
त्रासद हुन्छ समय
जुनसुकै धु्रवको होस्
मन कोमल हुनर्ुपर्छ
जुनसुकै धर्म होस्
मनले त कर्मको पूजा गर्नुपर्छ
मनलाई बारुदको गन्धभन्दा
बाँसुरीको सङ्गीत मनपर्छ
मनले विनाशको आतंकभन्दा
विकासको लहर रुचाउँछ ।
बधशालामा बुद्ध बाँधेर
थपडी बजाउने मनहरुका विरुद्धमा
नवीन क्रान्ति उद्घोष गर्न
विश्ववन्धुत्वको सपना देख्नर्ुपर्छ ।
धर्ती रुवाएर
उत्सव मनाउने
शकुनी मनहरुका विपक्षमा
नयाँ युगको शंखघोष गर्न
‘बसुद्यैव कुटुम्बकम्’ को
धुन गुन्गुनाउनु पर्छ ।
मन आखिर जहाँ रहेपनि
मन नै त हो
श्रम रोपेर सिर्जना पस्कने
मनहरु र बुद्ध बनेर
शान्ति फैलाउने मनहरु
एकआपसमा गाँस्न पाए
सोच्नोस् त कस्तो हुन्थ्यो धर्ती – ।

– कुशादेवी-७, काभ्रे, नेपा

(नेपाली साहित्य प्रतिष्ठान/उत्तर अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा जुलाई ३, २०१०का दिन अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगिता आयोजनाका सदश्य सचिव श्री सुन्दर जोशीको संयोजनमा ‘प्रतियोगी र पुरस्कृत कविताहरूको विशेष प्रस्तुती । तेस्रो स्थान प्राप्त गरि पुरस्कृत कविता)

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.