कविता : कुशल ड्राइभरविनाको यात्रा

~कैलाश भण्डारी~

मोटर मात्रै भएर के गर्नु र ?
देशमात्रै भएर के गर्नु र ?
चाहिन्छ कुशल ड्राइभर
देश हाँक्ने ड्राइभर ।

तर, विडम्वना हेनुस् वासुदाइ
हामीकहाँ कुशल ड्राइभरै छैन
काम चलाऊ मात्रै छन्
त्यसैले दुर्घटना भइरहन्छ
कुरूप बनाइरहन्छ
त्यसैले हामी
जहाँको त्यहीँ छौं ।

अरू कहाँ पुगिसके
के-के अनेकथरी उन्नति गरिसके
तर वासुदाइ
हामीकहाँ तेरो मेरोमै बितिरहेछ
ठोकठाक, पिटपाटमै बितिरहेछ
झगडा-फसाद, हिंसा, बेइमानमै बितिरहेछ ।

वासुदाइ,
कुशल ड्राइभरविनाको यात्रा
गन्तव्यहीन हुँदोरहेछ
दुर्घटना, एकपछि अर्को दुर्घटना हुँदोरहेछ
अनि अशान्ति नभए के हुन्छ वासु दाइ ?
कुशल ड्राइभर विनाको यात्रा
अक्सर यस्तै हुँदोरहेछ ।

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.