~विक्रम सुब्बा~
फुटानी चोकमा एकजना बाहुन परेत आइपुगे । उनले भेट्न खोजेको मानिसले ‘ल ल गुरलाई एक कप दूध’ अडर गरे । वाहुन बाजेलाई त्यहआव चिया खाइरहेको एकजना समाज शास्त्रको विद्यार्थीले सोध्न थाल्यो –
– ‘बाजे, यो युवतीहरूलाई सौभाग्यवती भव’ भनेर बाहुनहरूले पुजाको दिन आशिर्वाद दिन्छन् । त्यसको खा अर्थ के हो?
बाजे – ‘हेर्नोस्, ठाडो भाषामा सोझै भन्ने हो भने “तेरो पोइभन्दा तँ पहे मर्नु” भनेको हो ।‘
– हो र बाजे? अलि वेलिविस्तारमा सुनौँ न !
बाजे – ‘युवतीहरूको सौभाग्य भनेको श्रीमान हो । श्रीमान मरेपछि उसलाई “राणी” भनिन्छ । (पुरानो चलन अनुसार) राणी आइमाईलाई समाजमा सबैले सारै हेप्छन् । राणी आइमाईले जिउँदै बाँच्नु १० वटा नर्कमा गए सरह हुने भएकोले राणी भएर समाजमा त्यस्तो दुःख भोग्नु भन्दा जलेर मर्नु निको भनेर श्रीमान जलिरहेको चिताको आगोमा जलेर मर्ने गरेको र त्यसलाई ‘सती गएको’ पनि भनियो । अर्थात, राणी भएर समाजमा चरम अपहेलित हुनु नपरोस वा सती जान नपरोस भनेर विवाहपछि महिलाहरूलाई श्रीमान (सौभाग्य) जिउँदो हुँदै आफै परेपछि कल्याण हुने देखेर “सौबाग्यवती भाव” भनिकन (श्राप) आशिर्वाद दिएको हो ।‘
– ‘बाजे, अनि यो ‘पति’ भनेको के हो? कैलसश’पति’ पनि भनिन्छ, गण’पति’ पनि सुनिन्छ । अचेल त साभ’पति’, राष्ट्र’पति’, आदि अनेक प्रयोगमा छ नि?’
बाजे – (दूधको कप हातमा लिएर एक घुट्को पिउँदै) “पति” भनेको आस्रय वा आस्रयदाता हो । महिलाको ‘पति’ भनेको आस्रय दाता, पालक-पोषक भनेको हो । यो ‘पति’को अनेक प्रयोग छ – गणेशलाई गणपति बाब्बा भनिन्छ किनभने गणेशले कुनै गण या कुलको निम्ती कुशल-मंगलको काम गरिदिन्छन् भनिन्छ । गणेशले यो गणपतिको गुण उनका पिता महादेवबाट पाएका हुन् । महादेवलाई पनि कैलाशपति भनिन्छ किनभने उनी कैलाश पर्वत क्षेत्रका रक्षक हुन् । तेस्तै अहिले सेनाहरूको गण-गणमा एकएक जना गणपति हुने गरेको पाइन्छ । गणपति भनेको अहिले ‘टोली नेता’ जस्तो भयो । ‘टोली नेता’ भनेको सारै कोदे भयो भनेर होला अचेल यसैलाई ‘टीम लिडर’ पनि भन्छन् । सुरुसुरुमा समजामा सभापति थिएनन् तर समाजले मिलेर काम गर्ने र एकजना त्यसको नायक हुने चलन सुरुभएपछि नयाँ शब्द बनाउँनु पर्यो र सभा’पति’ भनेको त्यही संरक्षकको अर्थमा ‘सभा’ पछि ‘पति’ जोडेर महादेवले कैलाशको संरक्षको काम गरेजस्तै सभाको संरक्षलाई सभापति भनियो । राष्ट्र’पति’ पनि तेस्तै हो – राष्ट्रको संरक्षकको काम गर्नेलाई राष्ट्रपति भनियो ।
– बाजे, अनि यो ‘सभापति’ ‘राष्ट्रपति’ पुलिङ्गी शब्द हो कि स्त्रीलिङ्गी शब्द हो ।
बाजे – समाजमा भएका परिवर्तनसँगै केही शब्दहरूलाई पुनःसंरचना गर्दै जानु पर्छ होला । जुनबेला ‘पति’ शब्द बन्यो त्यो बेला यो पुलिङ्गी शब्द नै हो तर अचेल त महिलाहरु पनि सभापति, राष्ट्रपति हुने जमाना आयो । साथै (पुरुष) न्यायधीशलाई श्रीमान् भनेर ‘महिला वकील’ले संवोधन गर्दा या महिला न्यायधीशलाई पुरुष वकीलले श्रीमान् भनेर संबोधन गर्दा बडो नमिलेको जस्तो लाग्छ । तेस्तै महिला मन्त्रीलाई मन्त्रीज्यू भनिँदैछ । पहिले पुरुष मात्र मन्त्री हुन्थे र मन्त्रीको श्रीमतीलाई ‘मन्त्राणी’ भनेर व्याकरणको पुलिङग र स्त्रीलिङ्गमा पढाईयो । अब महिला मन्त्रीलाई के भन्ने? उनको श्रीमान्लाई के भन्ने? महिला कविलाई ‘कवियत्री’ भनिन्छ । अब उनको श्रीमालाई कविता नलेखेपनि ‘कवि’ भन्ने कि के भन्ने हो? यी र यस्ता अनेक भाषामा रहेको गज्याङगुजुङलाई वैयाकरणहरूले मिलाउँदै लैजानुपर्छ । यस्तो काम खास गरेर Contextual Grammarian हरुले गर्छन् ।
– ‘अनि बजे, आजभोलि ‘राष्ट्रवाद’को बहुत चर्चा छ । यसबारे के भन्छ शास्त्रले?’
बाजे – यसलाई समेट्न एउटा कविता भन्छु –
उत्तम आत्मन ख्यात,
पितु ख्यात मध्यम
मातुल ख्यात अधम
ससुरच्च धमाधम
– ‘के भनेको हो ? अर्थ?’
बाजे – उत्तम आत्मन ख्यात भनेको ‘आफ्नै पौरख’ले ख्याती कमाउँनु र चिनिनु – सबैभन्दा उत्तम । पितु ख्यात मध्यम, आर्थात आफु केही गर्न नसक्ने लाछी हुनु तर पिताको ख्याती-नाम-सुवास मार्फत चिनिनु – मध्यम । मातुल ख्यात अधम, अर्थात आफु केही गर्न नसक्नु, बाबुको पनि नाम-सुवास छैन तर मामाको ख्याती मार्फत चिनिनु र फुर्ति गर्नु – अधम् हो । ससुरच्च धमाधम, अर्थात आफु केही गर्न नसक्ने, पिताको ख्याती पनि छैन, मामाको नाम-सुवास पनि छैन तर धनी-मानी ससुराको ख्याती मार्फत आफु चिनिएर ध्वाँस दिँदै बाँच्नु भनेको – सबैभन्दा चुत्थो र महा अधम् हो । यस्तो मानिसलाई नै “पानी मरुवा”, “नपुंशक”, “छातीमा भुत्ला नभएको”, “ऐँझेरु”, “लाछी”, “साइँदुवा” भन्ने गरिन्छ । अहिलेका हाम्रा नेताहरू ‘ससुरा’को नामले चिनिने हदसम्म पुग्न पुग्न लागेकाछन् तर कोही पिताको ख्यातीको ध्वाँस दिएर त कोही मामा(दिल्ली)को पावरको ध्वाँस दिएर राजनीति गरिरहेछन् । यी सबैले ‘पितु’ तथा ‘मातुल’को ‘राष्ट्रवाद’को कुरा गरिरहेछन् । ‘आत्मन ख्यात’को धारमा ‘राष्ट्रवाद’को कुरा गर्ने दिन कहिले आउँने हो भन्न गारो छ । हरिओम तत्सत !
यति भनेर, बाजेल दूधको गिलास रित्याए । भेट्न खोजेको मानिससित एकान्तमा केही गफ गर्न थाले । म मर्निङ वाक हुँदै फुटानी चोकको यात्राबाट फर्केँ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)