~ज्ञानेन्द्र गदाल~
मौसमसरि बदलिरहने बेइमानीको बात भयो
विश्वास गरें कसैलाई फेरि एउटा घात भयो ।
सहाराको झोली थाप्दै आएका ती हातहरु
विश्वासिलो भाषा बोल्दै हिंडेका ती साथहरु
बाटो थियो लामो तर धोका शुरुवात भयो
विश्वास गरें कसैलाई फेरि एउटा घात भयो ।
अमृत बचन बोलिभरि विषै विषको थैलो रैछ
अनुहारमा हांसो तर मनभित्र मैलो रैछ
झलमल्ल घाम छंदै दिन पनि रात भयो
विश्वास गरें कसैलाई फेरि एउटा घात भयो ।
डेनबर सेप्टेम्बर २, २००३