~सुमन पोखरेल~
तिमी र म अनि यो मधुमास
आऊ आज भुलौं संसारलाई
बढ्दै गएका मुटुका धड्कन
चढ्दै गएका आँखाका नशा
ती रहर यी इच्छा अनि कामनालाई
भन कसरी बाँधौं यो सागरलाई
आऊ आज भुलौं संसारलाई
तिमी र म अनि यो जुनेली रात
खुल्दै गरेका लाजका पर्दा
फुक्दै गरेका संकोचका बाधा
त्यो वेग यो आँधी अनि बतासलाई
अब कसरी रोकौं तुफानलाई
आऊ आज भुलौं संसारलाई
तिमी र म अनि यो मधुमास ।।
विराटनगर १५, अगस्ट १५, २००३