~मबि सिंह~
खुल्लेयाम आएथ्यो गधा, घोडाको तबेलामा !
भाग्य छल्र्ने नियतले परे लातको फेलामा !
समीक्षक, सहभागी सबै, सबैका बिरोधी
निर्णय नगर्ने निर्णय चांहि भयो भेलामा !
स्याल भैकन बस् हुईयांमै रमाउनु पर्थ्यो ,
नक्कली ठम्याई ठहरै प-यो बाघको मेलामा !
मुकुटै त जबरजस्ति अटाएथ्यो टाउकोमा
अरु पगरीको रहरले फसायो झमेलामा !
-बष्टन, अमेरिका
(स्रोत : नेपालीकविता डट कम)