~ध्रुब शर्मा पंज्ञेनि~
म उस्तो पो हुँ कि त मलाई त्यस्तो लाग्दैछ
हाँस्ने रम्ने दिन सबै टाढा टाढा भाग्दैछ
रुन झण्डै बिर्सेथें परीवारको मायाले
रात दिन आज रुँदैछु पराइको छायाले
आजसम्म साँचेको विश्वाश पनि हरायो
एक पराइको व्यवहारले आज यस्तो गरायो
नाता गोता साथी भाइ सबै व्यर्थ लाग्छ है
आफ्नो बाटो लाग्नेछन् निजी स्वार्थ पुरा भै
बेला छ नि भन्दा त अबेला पो हुन्छ कि
आफ्नो अर्को नचिन्दा यो मन त्यसै रुन्छनी
एक्लै भइ एक्लिन त्यति गाह्रो रै न छ
सबै साथ हुँदा म एक्लै के यो दशा होइन त ?
कस्लाई भनुँ बेदना को सूग म रुनु खै
बैराग लाग्छ रात दिन कति बाूच्नु एक्लो भै
देख्नेलाई त के छ र हँसिलो छ मुहार
भित्र पहिरो गैसक्यो कस्लाई मागुँ गुहार
भर्जिनिया, सेप्टेम्बर ७, २००३
(स्रोत : नेपालीपोष्ट डट कम)