कविता : नग्न सुन्दरी र रञ्जित स्वप्नहरु

~हेमन्त श्रेष्ठ~

छताछुल्ल
ऐनऐनाको समुद्रमा
छचल्किरहेछ
छाल माथि छाल भएर
नग्न स्वप्न सुन्दरीको
स्फटिक शरीर

नृत्यमग्न
डबलीमा पोखिएका
यौनातुर
तरुणी बैशलाई
बटुल्न
झुम्मिएका छन्
छिचिमिरा आँखाहरु

जस्तो कि
यौनात्सव मच्चिरहेछ
र चर्को संगीतको धुनमा
नग्न यौनाङ्गहरुसंगै
नाचिरहेछन्
नाङ्गा आँखाहरु
नङ्गिएकी छे सुन्दरी
नङ्गिएका छन् आँखाहरु
सभ्य शहरको
तासका बस्त्रहरु च्यातेर

नोटसंग साटिएको छ
प्र््दर्शनका
रोमाञ्चक दृश्यहरु
र देखाई रहेकी छे
तरङ्ग तरङ्गमा
अन्तरङ्ग माँसपेसीहरु

अहो !
कस्ता कस्ता सपना थिए
कस्ता कस्ता सपनाहरुमा
मैलाएको थियो त्यो शरीर
उ तमाम सपनाहरुलाई
झुण्ड्याएर नितम्बमा
मुसार्ने गर्छिन्
डबलीमा हरेक रात
र असंख्य आँखाहरुका
सपनाहरु
रञ्जित भएर
स्खलित हुने गर्छ
स्वप्न सुन्दरीका
नग्न शरीरहरुमाथि

संधै संधै झैं
यो उन्नत शहरमा
रात गहरिदै जान्छ
र टाँगिदै जान्छन्
ऐनामा
स्वप्न सुन्दरीका
सुललित
नितम्ब र यौनाङ्गहरु

विचरा !
उत्तेजित आँखाहरु
फर्कन्छन्
एकएक गरेर
ढोका बाहिर
सेलाउँदै
चिसो सडकमा
रित्तो हात लिएर ।

सेप्टेबर ८, २००३

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.