गजल : कामको खोजिमा

~दर्शन न्यौपाने~

धेरै पलहरु बिते कामको खोजिमा
बेर्फुदी छ जीवन दामको खोजिमा

पैसावालहरुको पनि आफ्नै छ समस्या
ठाउँ ठाउँ घुम्छन् आरामको खोजिमा

प्रेममा फसेकाहरुलाई पनि उत्तिकै छ दुःख
हिड्छन् प्रेयसीको मायारुपी घामको खोजिमा

पेट पूजा गर्नलाई गाह्रो छ यहाँ
धर्म बेचे धेरैले सर्जामको खोजिमा

धेरै पलहरु बिते कामको खोजिमा
बेफुर्सदी छ जीवन दामको खोजिमा ।।

अरभिङ टेक्सास, सेप्टेम्बर ११, २००३

(स्रोत : नेपालीपोष्ट डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.