कविता : म तिम्रै हुँ

~शीतल शर्मा~

याद मेरो आयो भने
धेरै तिम्लाई सतायो भने
समझ म तिम्रै हुँ ।

तिमी धेरै खुशी हुँदा
खुशी साट्न मन लाग्दा
समझ म तिम्रै हुँ ।

दुखी धेरै हुनुपर्दा
दुःख बाँड्न मन लाग्दा
समझ म तिम्रै हुँ।

मनको ढोका खोल्न खोज्दा
मनमा जाने रहर हुँदा
समझ म तिम्रै हुँ ।
समझ म तिम्रै हुँ ।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.