पुस्कर लोहनीका बत्तीस सेन्र्यू

~पुष्कर लोहनी~Pushkar Lohani

१.
भीडभाडमा
च्यातिएकी रे तिमी
बैंस गनायो ।
२.
आँखा नै लाग्यो
खतरा नै खतरा
मज्जाकै पोका ।
३.
बोसो लागेछ।
डरलाग्दो भैरव
कालो पोखरी ।
४.
आगो बल्छ
बढ्न खोजेको हात
सिकारी हात ।
५.
च्याप-च्याप ती
च्याट-च्याट टॉसिने
ट्याप्प नै हुने ।
६.
कुमारी आँखा
जवानीको नै दाग
कालो क्याप्सुल ।
७.
खली खाएकी
चाम्रो न चाम्रो मासु
कुकरे डाँगो।
८.
कुकुरे खोर
खोज्दा-खोज्दा हैरान
जोल्ठिन पुग्यो
९.
म त झुक्किएँ
झुसे कालो झ्याङ पो
प्वाल नै छैन ।
१०.
लतपतिनु
पग्लिएको जवानी
माड्नु नै पर्ने ।
११.
वेस्सरी दुख्यो
मोरीले अँठ्याइछ
सपना मात्र ।
१२.
फिसिक्क हाँसो
कति लडाइराखूँ
दुब्ली छे मोरी ।
१३.
सपना देखें
दिउसै आँखा बन्द
छिल्लिएकी तँ ।
१४.
समाइहाली
खरिएकी रहिछ।
हातमै झर्यो ।
१५.
फुर्तिली मोरी
होची नै भए पनि
कति मस्केकी ।
१६.
जुँगाको रेखा
मोरीको ओठमाथि
के नै ठान्ने हो ।
१७.
आँखामा आँखा
तात्तिएछ बेस्सरी
पग्लेको क्षण ।
१८.
गाला समाएँ
मोरी त हाँस्दी रैछ
औंलै टोकिदी ।
१९.
गालाको दाग
नीलो डाम जमेछ
फुत्किछ मोरी ।
२०.
सर्पको दूलो
हात छिराउँदा त
रगतै मात्र ।
२१.
घोच्दा-घोच्दा नै
प्वालै परिसकेछ
रगतै सुक्यो ।
२२.
शिवजी हाँसे
गुह्येश्वरीको जल
हातै छिर्यो नि ।
२३.
पुतली मैयाँ
काखैमा पो मच्चिन्छे
सानै काँटकी
२४.
किन झगडा
बसौं न काखैमा
छुने मात्र हो।
२५.
प्रेम रोपौं न
मिलेर बारी गोडौं
फुर्सदमा छु ।
२६.
तिमीले पियौ
रक्सी जुठो हुँदैन
सँगैको बान्ता ।
२७.
मुख बाउँदा
कसैले हालिदेला
विचार गर ।
२८.
पाकेको बेल
निचोर्दा-निचोर्दा त
हात नै दुख्यो ।
२९.
जाँडको प्वाङ
छताछुल्ल भयौ नि
सियोले घोच्दा ।
३०.
हल्लैहल्ला हो
तिमीले पेट बोक्यौ
नामर्द रे म ।
३१.
आँखा आँखै हो
स्वाद लिएँ घुटुक्क
ढोका खुल्छ कि
३२.
भैगो हेर्दिनँ
गिलगिलाएको रे
नदेखाउनु ।

(स्रोत : बगर साहित्यिक पत्रिका – वर्ष २३ पूर्णाङ्क ७१ – २०६१ कार्तिक-मार्ग-पुस)

This entry was posted in सेन्र्यू and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.