~धनबहादुर बिष्ट~
झुटलाइ झुट भन्न सकिएन मजबुरिले
म तिमी जस्तो बन्न सकिएन मजबुरिले
मेरो देशले दुई थरिको शिक्षा बनायको छ
बुवा भन्नुहुन्छ धान्न सकिएन मजबुरिले
रसिद लुकायर ठगेको हो दलालले लाखौं
हजारमै अरब मान्न सकिएन मजबुरिले
माफ गर्नुहोला वीर पू्र्खाहरु हो हामिलाई
आफू स्वाभिमानी मान्न सकिएन मजबुरिले
हिजो गाँस बास कपास भन्नेले बनाइ सके
सबै स्वार्थी छ्न जान्न सकिएन मजबुरिले
– दोहा, कतार
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )