गजल : गासौँ म कसरी

~तिलाचन चापागाईं~

गासौँला माया टुटेर जाला, गासौँ म कसरी
जोडेको मुटु फुटेर जाला, हासौँ म कसरी।।

मन भरी माया वोकेर आऊँला,तिमीलाइ सम्झेर
मन भित्रै माया अोइलाइ जाला,साचौँ म कसरी।।

नलाउ भो माया,वाच्नलाइ वरू यै जिवन सन्चो छ
लगाउदा माया पाए भने धोका,बाचौँ म कसरी।।

निश्ठुरी बनी विच बाटो मै, छोडेर गयौ भने
मायाले देको त्यों झाली रूमाल, राखौँ म कसरी

– ओहायो, अमेरिका

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.