गजल : उपहार छोडी गयौ

~रोसन कुमार भण्डारी~

थाहै नदिई अमूल्य यी उपहार छोडी गयौ ।
आफु दुखी बनी मलाई बहार छोडी गयौ ।।

सँगै हुँदा तिमी सँगै बिताएका पलहरुले ।
सम्झनामा मुटु घोच्ने प्रहार छोडी गयौ ।।

चाहनाको बलि दिई मन बुझाउने प्रयत्नमा ।
तिम्रै खुसी देख्छु भनि दरबार छोडी गयौ ।।

जुराउँदैन भाग्यले नि साथ कहिले काँही ।
आँसु लुकाई मुस्कानको त्यौहार छोडी गयौ ।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.