~कोमल प्रसाद श्रेष्ठ मल्ल~
मुहार खोल,
आफैलाई हेरेर
माया कोर्नुछ ।१।
मन तराजुमा
तिमी अट्न सके
गार्हो हुन्न है ।२।
सुन र बुन
अनि माया बाधेर
चुम्नु चुम है ।३।
आसु र हांसो,
जीवनको नासो हो
चेतना भया ।४।
देश काटेर
बाडी खाने कती भो
हत्याराहरु? ।५।