~भूवन तामाङ~
सरोजले निकैबेर आँखा बिछ्यायो सुमतीको दर्शन पाउन । सुमती घरको अगाडिभन्दा पछाडि धेरै निस्कने गर्छे । घर अगाडि त ट्याक्टर धुलो उडाउँदै कर्कस आवाजमा दौडन्छ । त्यसैले ऊ घरपछाडिको एकान्त मन पराउँछे । घरपछाडि भाँडावर्तन माभ्mन, लुगाफाटो धुन, नुहाउन धारामा निस्कने गर्छे । कपाल कोर्न, जुम्रा हेर्न, घाममा जिउ सेकाउन र आँपको रुखको सँयलमा बस्न ऊ घरपछाडि निस्कने गर्छे । उसको लोग्ने तातो बालुवा र तेलको देशतिर पैसा कमाउन भनेर गएको छ । लोग्ने सम्झेर के के कल्पेर मन बहलाउन पनि घरपछाडि निस्कन्छे । कहिले मुडामा त कहिले पिरामा बसेकी देखिन्छे सुमती । यस्तै मेसो बुझेको सरोज सुमतीको बैँशालु वयको दर्शन गर्न आप्mनो घरको पछाडि निस्कने गर्छ ।
‘उप्m यो कस्तो पर्खाई ? सुमती आजभोलि घरभित्रै हुन्छे कि अन्तै कतै जान्छे ? देखै पर्दिन त घरपछाडि । उसको घरमै गएर हेरौँ कि केही माग्ने निहुँ पारेर । होइन, होइन अरुले देखे के भन्लान् । एक्लै के जानु तर साथी लिएर जाने कुरा पनि त भएन नि ।’ सरोजलाई दिक्क लागेर आउँछ । ‘बरु साँझतिर जानु पर्ला । अर्पपर्मको कुरा गर्ने निहुले ।’ मनमनै यस्तै सोच्दै सरोज घरभित्र छिर्छ तर उसलाई झट्ट एउटा कुरा याद आउँछ ।
सुमतीको कोठेबारीमा एउटा बुख्याँचा उभिएको छ । तर, ऊ बुख्याँचा नभएर बुख्याँची हो । किनभने उसले जनाना लुगा लगाएकी छे । त्यसमा पनि सुमती कै लुगा लगाएकी छे । सुमतीले आप्mनो पुरानो रातो चोली र रातै सारी लगाइदिएकी छे बुख्याँचीलाई । सेतो पटुकी पनि । टाउको चाहिँ कागजको कुटको छ । कुटमा केटीको नक्सा छ । कुटको शीरमा सारीकै फेर च्यातेर सुमतीले फेटा लगाइदिएकी छे । टाढाबाट हेर्दा ठ्याक्कै सुमती जस्तै देखिन्छे । त्यसैलाई हेरेर भए पनि सुमतीलाई हेर्ने धित् मर्छ कि ! सरोज यस्तै सोच्छ ।
सरोज घर पछाडि निस्किन्छ, तर सुमतीको कोठेबारीको बुख्याँची हेर्नलाई सरोज आप्mनै कोठेबारी छिर्नुपर्छ । सरोज आप्mनो कोठेबारी छिर्छ र ठिङ्ग उभिन्छ अनि हेर्छ सुमतीको बुख्याँचीलाई । उसको कल्पित मनले सुमती नै ठान्छ, ‘जब सुमतीले त्यो बुख्याँचीलाई लगाइदिएकी लुगा आपैm लगाउँथी सुमती बिछट्टै राम्री लाग्दथी । त्यै लुगा लगाएकी बुख्याँची पनि सुमतीभन्दा कम सुन्दरी छैन । सुमती कस्ती सिपालु होकी । बुख्याँचीले लगाएको चोलीको छातीको भागमा भित्र के–के हालेर उच्च पारिछे सुमतीले ।’ सरोजले बुख्याँचीको बैँशालु वय हेरेर मनको मटक मार्छ । मनमने गम्छ ‘सुमती घर पछाडि नदेखिएर के भो त ? उसकै लुगा लगाएकी ऊ जस्तै तरुनी बुख्याँची छँदै छे । सरोजको आँखा कसो तिरमिराउँछ । ऊ यसो दायाँ बायाँ हेर्छ । उसले उसकै कोठेबारीमा उभिएको बुख्याँचा देख्छ । ए है मेरै कोठेबारीमा पनि एउटा बुख्याँचा छ नि ।’
सरोजको बुख्याँचालाई पनि सरोजले आप्mनो पुरानो दौरा र सुरुवाल लगाइदिएको छ । बुख्याँचाको टाउको सुमतीको बुख्याँचीको जस्तै कुनै सामानको प्याकेटको कुटको छ । त्यसमा केटाको नक्सा छ । कुटको माथि सरोजले पुरानो ढाका टोपी अड्याइदिएको छ । बुख्याँचा सरोज जस्तै देखिन्छ । आपैm जस्तो देखिने बुख्याँचा देखेर सरोजको मन कस्तो कस्तो हुन्छ । सरोज कस्तो उप्रदो गर्छ भने, उसले उसको बुख्याँचालाई सुमतीको बुख्याँचीतिरै फर्काइदिन्छ ।
सरोज निकैबेर टोलाउँछ । आकाशतिर हेर्दै एउटा चुरोट सल्काउँछ, स्वादसँग सर्को तान्छ र धुँवा आकाशतिरै उडाउँछ । सरोज एक्कासी झसङ्ग हुन्छ । किनकि उसको बुख्याँचा त सुमतीको बुख्याँचीको नजिक उफ्रँदै पो जाँदो छ । ‘आच्यै यो के उल्का भो । होइन यो सपना हो कि बिपना ?’ सरोजको मन डरले चिउअ हुन्छ । दुबै हातको हत्केलाले मुहार मुसारेर सन्चो मान्छ । जिउ बटारबुटुर पार्छ ।
हेर्दाहेर्दै बुख्याँचा र बुख्याँची त अँगालोमा पो बाँधिन्छन् । बुख्याँचा र बुख्याँचीको हर्कत हेर्नै सक्तैन सरोज । ‘छ्या’ भन्दै सरोज उल्टो फर्कन्छ । सरोजलाई रिङ्गटा लागे जस्तो हुन्छ । ऊ ढुन्मुनिन्छ र आँखा चिम्म गरेर भुँइमा थचक्क बस्न पुग्छ । केही क्षणपछि तङ्ग्रिदै सरोज उभिन्छ । आँखा खोलेर दायाँ बायाँ हेर्छ । ऊ तर्सन पुग्छ । उसको कोठेबारीको बुख्याँचा पहिलेकै स्थानमा जस्ताको तस्तै उभिइरहेको पाउँछ । सरोजको मन चिसो हुन्छ । उसको बुख्याँचालाई ऊ मुर्कुट्टा सम्झन्छ । फेरि ‘होइन होइन’ भन्दै ‘यो त म आपैmले आप्mनै पुरानो लुगा लगाई दिएर बाँसको कुड्कामा उभ्याएको बुख्याँचा हो’ भन्दै मन बुझाउँछ । तर सरोजलाई बुख्याँचाप्रति इष्र्या लागेर आउँछ, ‘आपूmले कहिलेदेखि चाहेर पनि सुमतीलाई अगालोमा बाँध्न नसकेको, सुमतीको गालामा म्वाई खान नसकेको तर यो मुला बुख्याँचाले सुमतीको बुख्याँचीलाई चाहिँ सप्पै थोक गरेर आउन भ्यायो ।’
बुख्याँचालाई लात्तै लात्ताले हानु कि जस्तो लाग्छ सरोजलाई । तर, सरोजको आँखा बुख्याँचाको गालाको एउटा स्पटमा अडिन्छ । ‘ए है बुख्याँचाको गालामा लागेको यो रातो रङ्ग के होला ?’ भन्दै सरोज निकैबेर गम्छ । किनकि उसले त बुख्याँचालाई कहिले पनि रातो रङ्ग धसिदिएको थिएन । सरोज आप्mनो आँखा मिच्छ र त्यो रातो स्पटमा निकैबेर हेर्छ । सरोजको मनको चेतना एक्कासी जागृत हुन्छ र अनायासै भन्छ, ‘मोरी सुमतीको बुख्याँचीले मेरो बुख्याँचालाई चुम्मा खाइछे र उसको ओठको लालीले मेरो बुख्याँचाको गाला रातै पारिदिछे ।’
सरोज सुमतीको कोठेबारीतिर हेर्छ । त्यहाँ सुमती नै पो फुत्त प्रकट हुन्छे । सरोज तरङ्ग तर्सन्छ । सरोजलाई लाज लागेर आउँछ । आपूm नामर्द भएको ठान्दछ । बरु बुख्याँचा पो मर्द र बहादुर रहेछ । सुमती कति बेला गायब भई । यदि सुमतीले सरोजलाई चाहन्थी भने ऊ देखा परिरहन्थी । सरोज आप्mनो नामर्दपन स्वीकार्दै, ग्लानीले फतक्क हुँदै घरतिर फर्कन्छ । ऊ मनमनै भन्छ, ‘म पनि के भा को अर्काको स्वास्नीलाई बित्थैमा आँखा लगाको । बिचरीको लोग्ने विदेशमा तातो घाममा दुःख गर्दै होला । उनीहरुको कस्ता–कस्ता सपना होलान् ।
सुमतीको मन पेट त्यस्तो भए मलाई कहिल्यै छनक दिई हाल्थी नि । म पनि छिमेकी भएर के भा को होला । सुमतीको लोग्ने विदेश जाने बेलामा भन्दै थिए, ‘सरोज दाजु ! यसो मेरो घर पनि हेर्दै गर्नु होला है । भरअभर हेर्दिनु होला ।’ तर, सुमतीको बैँशको भरअभर नै हेर्नु भनेका त थिएनन् नि । सरोजको भित्री आँखा बल्ल खुल्छ । अनायासै भन्छ, ‘थैट । मान्छेले असल छिमेकीको भूमिका पो निभाउनु पर्छ त !’ ऊ अहिले चाहिँ यस्तो ठान्दछ ।
सरोज सोच्छ, ‘मेरो पनि घरबार छ । थुईक्क, मान्छेको मनमा के–के नजाति विचार आउँदो र’छ । म पनि विदेश गएँ र मेरी स्वास्नीमाथि पनि अरुले आँखा लाए भने ? धन्न आज बुद्धि फि¥यो मेरो । नत्र त समाजको अगाडि अपगाल पर्ने थियो । घरबार भाँडिने थियो । हैट ।’ भन्दै सरोज आप्mनो घरभित्र लुसुक्क छिर्छ । उता कोठेबारीहरुमा बुख्याँचा र बुख्याँची हावाको झोँक्कामा हात र मुन्टो हल्लाई हल्लाई रमाइरहेका देखिन्छन् । मानौ उनीहरु केही सम्वाद या संकेत गरिरहेका छन् या मनको कुरा सञ्चार गरिरहेका छन् ।
(स्रोत : पूर्वान्चल दैनिक)