~डा. विदुर चालिसे~
–“अाेई ! किन ढलेकाे त्यसै, खाना खाइनस् कि केहाे ?”
जिन्दगीकाे व्यथामा तिल्मिलाइरहेकाे अाशाराम निकै उपासना गर्थ्याे। विहान, वेलुका, हिजाे, अाज,अस्ति, अस्तिअस्ति, रातदिन उसकाे काम उपासना नहाे गरिरहन्थ्याे । वर्षाैँ बित्याे उसका उपासनामा कसैले टेडाे अाँखाले पनि हेरेन । बरू उसकाे बारेमा असल मानिसहरूले कुरा गरे भने “त्यसलाई देखाइदिन्छु” भनेर खाेक्ने अनि कस्सिने मान्छे थुप्रैथिए ।
–“बाबू खाना खा न हेर, यसरी लथालिङ्ग नबस !”
–“म जेसुकै गरूँ तपाईंलाई के मतलब !”
अामाकाे स्नेहालु भावमा पनि उसकाे कुनै चासाे थिएन । उपासनाकाे नाममा झाेक्राइरहथ्थ्याे । जिङ्ग्रिङ्ग पर्थ्याे । बाेलाएकाे पनि सुन्दैन थियाे । टाेलाइरहन्थ्याे । कसैसँग बाेल्दैन थियाे । बाेल्याे भने पनि झर्किन्थ्याे । दिनहरू बितिरहेथे । विरक्त बनेकाे उसकाे जीवनका खातिर उपासना उसकाे अन्तिम लक्ष थियाे । फलकाे अाशा भएपनि प्राप्ति थिएन । अाधाउधि जीवन अल्लारे मै बित्याे । फल प्राप्त भएपनि सम्हाल्न सक्ने अवस्था थिएन ।
एकदिन सुतिरहेकाे अाशारामलाई सपना भयाे ।
त्याे सपना अाफ्नाे हिजाेकाे असल मित्रलाई भन्याे । उसले पनि ठिकै हाे भनेर अाशारामकाे इच्छा पुरा गरिदिने अाश्वासन दियाे ।
–“ल अब मेराे उपासना पुरा हुने भयाे !”
उ मनमनै फुरूङ्ग पर्याे । हँसिलाे अनुहार लगायाे । वरपरका सबैले अचम्म माने । अाशाराम फेरियाे । ‘अब सुध्रन्छ’ भन्ने अनुमान थियाे ।
–“सन्चै हुनुहुन्छ ?”
अाशाराम झलाँस्स भयाे । कसैले अाजसम्म यसरी फाेन गरेकाे थिएन, तर अचम्म ।
–“काे बाेलेकाे ?”
–“म उपासना !”
उ अलमल्ल पर्याे । एकछिन अप्ठेराेजस्ताे ठान्याे । अनि फेरि साेध्याेल।
–“अँ भन्नू त, मैले चिनिन नि काे उपासना ?”
–“कस्ताे नचिनेकाे अब त बिर्सियाै कि क्या हाे ?”
–“अझै चिनिन त !”
–“धाेकेवाज !”
अाशारामकाे फाेनकाे लाइन काटियाे । उ बिलख बन्दमा पर्याे । अनि उसले सम्झ्याे ।
–“त्याे फाेन गर्नेले कलेजमा मलाई खुब अाँखा तर्थि सायद । उम, उसकाे नाम पनि उपासना रहेछ, क्यारे ! क्या भ्रम त्यसलाई पनि मलाई पनि !”
यता पण्डितजीकाे भागवत् पुराणकाे व्याख्यान सूत्र सदाबहार थियाे ।
–“उपासकहरू सधैं शासकबाट शासित हुन्छन् अनि अावश्यक बेला तिनकाे प्रयाेगका साधन मात्र बनिदिन्छन् ।”
अाशाराम अाज बल्ल उपासनाबाट मुक्त भएकाे घाेषणा गरिरहेथ्याे ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)