~कुबेर काका~
१
झपक्क आँखा चिम्लिदा
नेपाली जनताको काया फेर्न
समान अस्तित्व कायम गर्न
विधिको शासन कार्यान्वयन गर्न
आर्थिक विचलन अन्त्य गर्ने
हाम्रो कदमबाट भयभित भएर
हामीलाई क्रुरता पूर्व हत्या ग¥यो
हाम्रो यात्रा जारी छ भन्दै
हसिला खुसिला अनुहार भएका
खाई लाग्दाहरु आएर
मैले सुत्रे गरी
मुठ्ठी बाँधेर उफ्रदै
समानताको हक लागु गर !
बिधिको शासन कार्यान्वयन गर !
कर तिर्ने जनतालाई
गाँस बास र कपास विश्वस्त गर !
शिक्षा र स्वास्थ्यको व्यपार अन्त्य गर !
सर्व साधारणको लागि निशुल्क गर !
सत्ता र जनतावीचको अन्तर अन्य गर !
भन्दै नारा लगाउछन ।
सपनाले तर्साएर हिजो आज
निदाउन छोडेको छु ।
२
झपक्क आँखा चिम्लदा
दुर्वोध गन्तव्य गय गरेर
क्रुर शासकका
सगिन र गोलीलाई तीर्ण संझदै
हाँसी हाँसी उत्सर्गी भएका आकृतिहरु आएर
मैले देख्ने गरी नैपथ्यतिर औंला ठड्याउदै
जनवादको खर्क हुदै
समाज बादमा पुग्ने आकाक्षीहरु !
सिगौरी खेलेर भुई खन्दै डुक्रिएर
अद्र्ध पूजिवादी मैदानमा नभुल !
आ–आफ्नो बथान ओगटन छोडि देऊ !
प्रजातन्त्रको थलो हुदै
समाजवादसम्म पुग्ने महत्वाकांक्षीहरु !
अर्को बगाल हाँक्ने प्रतिद्वन्दीेलाई देखेर
सिगेश्वर बनेर दिलो ज्यान दिएर नलेखेट !
खाओवाद, विखण्डनवाद, संयोजनवाद
लुटीवाद, अवसरवादहरु
कहिले छटपटिदै, कहिले लटपटिदै,
तिमीहरुको वरिपरि घुम्दै
पानी धमिल्याएर
माछा पक्रिने धुनमा
गन्तव्य विर्सिएर
हाम्रो उत्सर्गलाई उपहास गर्दै
औपचारिकता पूरा भएको ठान्दै
हाम्रा नाममा एक मिनट मौन धारण गरेर
आ–आफ्नो स्वार्थ पूरा गरी रहेछन
औंला ठड्याएर थर्काउदा
चिटचिटी पसिना फुटछ
मुखबाट बोली अडकिएर निक्लदैन
झल्यास्स व्युझिदा
ओठ मुख सुकेर
सिह्रानेको छेउमा राखेको
पानी घटघटी पिएर
आफूलाइ आस्वस्त गराउदै
कस्तो सपना देखियो भन्दै
सपनाले तर्साएर हिजो आज
सपना देख्छु किभनी
निदाउन छोडेको छु ।
३
झपक्क आँखा चिम्लिदा
मलिन र मैला आकृतिहरु
मैले सुन्ने गरी नजिकै आएर
श्रोत र साधनले सम्बृद्ध
गरिव देशका धनी जनताहरु
सक्नेले जसो गर्दा पनि हुने
डाडु पन्यू हातमा हुनेले
जति खाए पनि कसैले नछुने
श्रोत देखाउनु नपर्नेे
पारदर्शी हुनु नपर्ने
सम्पदा उपभोग गर्नु नपर्ने
जहिले जस्ले सरकार बनाए पनि
माग्ने क्रम नरोकिने
सत्तामा पुगेर गोजीमा भत्ता परे पछि
लक्ष्य र बाचाहरु भुसुक्कै विर्सिदा
हजारौ किचकहरु
सोझा सिधाको मान मर्दन गर्दै हिडि रहेछन
विराट जस्तो निरिह छ सरकार
अनगिन्ति दुशासनहरु
द्रोैपदीको चिर हरण गर्न व्यस्त छन
धृतराष्ट जस्तो अन्धो छ सरकार
लाखौं दिपहरुले अकुत कुम्लयाउदा पनि
अक्रुर जस्तै बन्दी बनेर
टुलुटुलु हेरेर बसेको छ सरकार
कुकुर कराउदा हात्ति रोकिदैन
लक्ष्यमा नपर्नेलाई ठोकिदैन भन्दै
चली रहेको छ सरकार
काने खुसी गर्दै
हामीसंगै एउटै लक्ष्यमा हिडने
साथीहरुले सत्तामा पुगेर
हामीलाई सहिद घोषण गरे
कति घाइतेले उपचार पाएका छैनन
आफूहरुले चाही मोज गरे भनेर भन्दछन
झल्यास्स व्युझिन्छु
सपना पुनराबृत्ति हुने त्रासले
निदाउन छोडेको छु ।
४
बत्र्तमानले दिनहुँ कोपरेर कालापानी र लिम्पियाधुरामा
चोक्टाचोक्टा लुछी रहेको छ
पशुपतिनगरमा चिथोरिएको घाऊ बढदै
दशगज्जा हुदै
तिलाठी र सुस्तासम्म बढेर
नून चुक घसी रहेको छ
त्यसैले
झपक्क आँखा चिम्लिदा
अमर सिंग र बलभद्रहरु आएर
सुगौलि सन्धिको पक्षधर त
तँ पनि त होस निभनेर
सपनामा औंला ठड्याउलान भनेर
निदाउन छोडेको छु ।
५
मान्छेको भिडमा अलापी रहेका मान्छेलाई भेटदा
बीरका दाह्रा मुखबाट सरेर पेटमा पलाएको देख्दछु
मौलिकता र नैसर्गिकता हरायो भनेर कराउने
एक्लिदै एकल काटे भएको देखेको छु ।
नैतिकता बेचुवाहरु भाग खोसिने डरले
मौन भएर बसेको देखेको छु
फरिया र भरियाका नातालाई काखी च्यापी
सक्षमहरुलाई तगारो हाली
पाखा लाएको देख्दा
झपक्क आँखा चिम्लिदा
एक्लिएको पो सपना देख्छु कि भनी
निदाउन छोडेको छु ।
६
चित्रभित्र लुकेका चरित्रहिन आकृतिहरु
प्रसंशा पाउनका लागि मात्रै बाचा गरेर
आडम्बरी भोगी जोगी जस्तै बनेर
दुनियाँ लठ्याऊँदै टाठा वाठा झुक्याऊदै
आँखामा छारो हालेको देख्दा
झपक्क आँखा चिम्लिदा
तिनै आकृतिहरु सपनामा आएर
पिरोल्ने पो हुन कि भनेर
निदाउन छोडेको छु ।
७
हिजो आज कसैलाई कर गर्नै छोडेको छु
करको फर्केला भन्ने कुनै भरै छैन
जताततै सबत्र करै कर छरिएको छ
सडकको खम्बामा बत्ती नबले पनि सडक बत्ती कर
भएको जमिन बाँझो पल्टिए पनि भूमि कर
सडक भत्किएर पानी जमे पनि सडक कर
घाँस दाउरा नगए पनि स्याउला कर,
सडक पेटी नालाहरु दङ्गदङ्गी गन्हाए पनि
सर सफाई कर
सरकारी बिद्यालयमा शिक्षक नभए पनि शिक्षा कर, पाठशाला बजारमा सामान चार गुण भए पनि मूल्य अभिवृद्धि कर
स्थानीय निकायमा छिर्ने वित्तिकै सिफारिश कर
कति करको रसिद नै छैन
रसिद नहुने जति कर्मचारीको गोजी भर
अरु पनि कति छुटेका होलान कर
सोझा साझाले कर नतिरी पाउदैन धर
तर
कर लुटन सक्नेल,े लुटेको लुटै छन
सक्ने जति छुटेको छुटै छन
हाड छाला भएका जनताको के भर
सक्ने भए गर
नसके मर
निमुखाका ेपक्षमा बोल्नेको कसैले नगरे हुन्छ भर
बेलुका भट्टीमा बिक्ने को किन मान्नु डर
त्यसैले
झपक्क आँखा चिम्लिदा
कर भित्रै लपेटिएको सपना देखिन्छ कि भनी
निदाउन छोडेको छु ।
८
कर खानेको सधै भरी भोज हुन्छ
उनीहरुको बाह्रै मास मोज हुन्छ
कहिले योजना परेको भोज
कहिले समिति बनेको भोज
कहिले निकासाको भोज
कहिलेको फछ्यौटको भोज
कहिले नियुक्तिको भोज
कहिले सरुवाको भोज
कहिले बढुवाको भोज
भोजभित्र जो जो पस्यो
तिनको कहीं कतै हुदैन खोज
त्यसैले
झपक्कआँखाचिम्लिदा
भोजमा हराएको सपना देख्छु किभ नी
निदाउन छोडेको छु ।
९
सुनेर देखेर वाक्क भई सकें
मलामी धेरैको गएँ
झण्डै तीन बीसेको भएँ
मर्नेको कात्रोमा कहीं कतै गोजी नदेखेर
सग्रह गर्न छोडेको छु
जन्मिए पछि मर्नै पर्ने रहेछ भनेर
आँसु बगाउन पनि छोडेको छु
रुखो सुखो को लागि मात्र भए पनि
संघर्ष गरेको छु
मिठो मसिनो भए पनि
विकार बनेर त निस्कने रहेछ नि भनेर
जिब्रोको स्वाद लिन छोडेको छु
विहान बेलुका बाच्न कालागि
हातमुख जोर्न त रहेछ भनेर
छल कपट गर्न छोडेको छु
त्यै पनि कसैले सपना आएर
लोभ्याई पो हाल्छन कि
विचार ले पो गाल्छन किभनेर
निदाउन छोडेको छु ।
१०
हिजो अस्तिका त्रासहरुले
सताउदैन आजभोलि
तितो मान्छ संसारले
तर के गर्नु ?
भित्र अडकिदैनबोली !
बाहिर निस्कन्छ बनेर गोली
कस्ले के भन्छ भनेर
चिन्ता त लिनै छोडेको छु
चिन्ताले चितासम्म पु¥याउछ
झपक्क आँखा चिम्लिदा
सपनामा पो देख्छु कि भनेर
निदाउन छोडेको छु ।
२०७६÷९÷११ साँझ
कुबेर काका
तित्री गाछी, जलजले उदयपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )