गजल : मुसलमान भएछ

~एकादेशको गगनराज~

हिन्दू थियो, ऊ मुसलमान भएछ
भन्यो, अल्लाहको अपमान भएछ ।

सोचिरहन्छ कसरी देश बनाउने
बाइस, चौबीसको जवान भएछ ।

डाक्टर बनेर सेवा गर्छु भन्थ्यो
फर्केर आउँदा जजमान भएछ ।

सधैँ गजल बोकेर हिँड्ने ठिटो
दोसल्ला ओढाइ सम्मान भएछ ।

देख्नुभो चलचित्र अस्ति संसदमा
चुनाव जितेर पो बलवान भएछ ।

एकादेशको गगनराज
गजलशिविर, राजधानी

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.