~वीरभद्र कार्कीढोली~
आत्मीयताको अँगालो लिएर अँगाल्न
अहँ! कोही कोही आएकै छोन। ऐलेसम्म
प्रेमका एक थुङ्गा फूल!
दिनु पनि कोही आएको छैन।
जाड़ोले थर्थराइरहेका छ!
जाडोले बजिरहेको दाँतको आवाज
कसले बुझ्ने, बिरानो भीडमा
थुक्नु हुने थिएन तर
क्रोधले जाडो नामको अनुहारमा
हुन त अति डाडो मानिरहेको तिम्रो
दुब्लो – पात्लो शरीरमा
म भित्रको गंजी उतारेर ओढाउन सक्नुपर्थ्यो।
मैले
के सोचें होला,
शीतहरू, तुषारोहरूले! त्यति बेला
फुलोस् भनेरै रोपेको हुँ।
उचित याममा रोपिने छु।
उर्वर उर्वर माटो नभएको होइन। प्रशस्त मसित
एक छिटा पानी पर्खिनुपर्ने
ठाउँमा रोपेछु। उफ!
एकैनाशको जाडो नआउंदो रहेछ। सालैपिछे
त्यै याममा त्यसरी हिउँ!
नखस्दो रहेछ। सालैपिछे।
यो साल, हिउँ! नखसी आरू फुल्न थाल्यो।
जाडो, यामको अवस्था सम्झिएर
काम्दै सम्झिरहेछु। तिम्रो कम्जोरीलाई पनि
आरू फुलोको देखेर यस्तो लाग्छ,
प्रेम। त्यस्तरी नगर्नुपर्ने सबैमा
किनकि, जुरेली डाँडाको जुरेली चउरमा
अँगालो लिएर अँगाल्न
कोही कोही आएको छैन। ऐलेसम्म
यी डाँडा पाखा नै फूल फुल्ने पाखा डाँडा हुन्
प्रेमको एक थुंङ्गा फूल दिन
कोही कोही आएको छैन। ऐलेसम्म…
(जून 2011)
(स्रोत : रचनाकार डट कम)