कविता : मान्छे

~भुवन सापकोटा~

मैले अभाबै अभाबमा जीएको मान्छे पनि देखेको छु
आफ्नै स्वभाव मै जीएको मान्छे पनि देखेको छु ।

मैले आफ्नो सम्पतीको धाक लगाउने पनि देखेको छु
रीस्ता अनि आफन्तमै आग लगाउने पनि देखेको छु ।

कोइ धनी बाट गरीब भएको देखेको छु ,कोइ गरीबबाट धनी
मर्ने बेला आमाको बुलाकीको भाग लगाउने देखेको छु ।

कसैको घर बीग्रीएको देखेको छु ,कोइ बीग्रीएको घर सप्रीएको
बाहिर मुस्कान भए पनि भित्र रीसको मुस्लो अनि राग देखेको छु ।

कोइ केही नभएर पनि खुसी देखेको छु,कोइ सब भएर पनि दुखी
कोइ खोक्रा भएरपनि शो अफमा ब्रान्डेड ट्याग लगाउने देखेको छु ।

कसैका बा आमा रोएको देखेको छु, कसैको बा आमा नभएर रोएको
धेरै छोराछोरी भएर पनि बुढेसकालमा रित्तो काख देखेको छु ।

कोइ मै हु भन्ने देखेको छु,कोइ म त हु भन्ने
कोइ मुस्कुराए पनि ,खुसीका रित्तो ब्याग देखेको छु ।

कोइ मान्छेले मान्छे गन्दैनन, कसैले आफ्नालाई गन्ने देखेको छु
भित्र खोक्रो भएर पनि बाहिर धाक देखेको छु ।

कोइ खान नपाएर मरेको देखेको छु, कोइ धेरै खाएर
कोइ लाखौका पार्टी ,कही धौ धौ एक छाक देखेको छु।

कोइ नाजुक हालत बाट गुज्रेको देखेको छु ,कोइ तेस तर्फबाट
मीहीनेत र परीश्रमबाट कम ब्याक गरेको देखेको छु ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.