बाल गीत : म त यो शहरकै सुन्दरी

~अलका मल्ल~

दिनमा हेर्छु त्यसै पनि ऐना
नचाहेरै पनि घरी घरी
सबैको बर्णन चाहिन्छ मलाई
म त यो घरकी सुन्दरी

कोही भन्छन् कति फुर्कीएकी
कोही भन्छन् उत्ताउली मोरी
तर म आफै रमाउँदै हिंड्ने
यो ठाउँकी हंसीली सुन्दरी

गाजल, टिका लाउने
मेरो संधैको बानी
कोरी बाँटी चुल्ठी सजाउँछु
जामा हल्लाउंदै नाच्दै हिंड्छु

मेरो मुस्कानको तारीफै तारीफ
सबैको आँखाको म त नानी
कसैले फुर्काए हुरुक्कै हुने
म त यो शहरकै सुन्दरी

-कान्तिपथ, काठमाडौं

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in बाल गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.