कविता : घोर प्रतिक्रान्ति

~जीवनस्पर्शी~

साम्यवाद मेरो लागि
थियो जिवनको अन्तिम लक्ष्य
जसको नसाले म
भुल्न सक्थे पृयसिका यादहरु
लेनिनका क्रान्तिका सुत्रहरुसग
साटी दिन्थे आमाका आसिर्बादहरु
म भोक लाग्दा
रमाउथे पड्दै
चे का
सियरा माइस्त्रा पहाडका कथाहरु
गाउका चिसा वस्तिहरुसगै
आउने गर्थे मेरा उर्बर पलहरु
लिएर भोका नाङ्गाका ब्यथाहरु
जीवनका पानाहरुमा
कुदिएका थिए राता झण्डाहरु ।

बुढो दारिवाल मार्क्स
आउथे गर्थे सपनामा
र सिकाएर जान्थे सर्प्लस भ्यालु
कहिले जेनि मार्क्स आउथे
र लिएर जान्थे सापटी दुई चार रुपैया
तिर्न कोठाको भाडा
लेनिनको सोभियत
मेरो क्रान्तिको चाहाना थियो
लडखडाउदै लड्दै उठ्दै गरेको
यो बूढो पुजिवाद
मेरो क्रान्तिको निशाना थियो
अब म मेरा दौतरी छाडेर
बारुद सग खेल्दै थिए
आमाको काख लत्याएर
सगाल्दै थिए वर्गीय माया ।

तर आजभोलि
यो के भै रहेछ मलाई
हर्दम सताउन थालेको छ
हन्ट गर्न थालेको छ
यादहरुले ,ती नसालु यादहरुले

आज भोलि म
खान थालेको छु भोक लाग्दा
मार्सी चामलको भात
पिउन थालेको छु प्यास लाग्दा
हिमालयन रिजर्भ
बित्न थालेको छ जीवन
रङ्गिन पलहरुमा ।

लडखडाउदै उठ्दै
ढल्न लागेको यो बूढो पुजिवादलाई
निशाना लगाउने म
जब पुगे सन्निकट यसको
यसका सुकोमल स्पर्शले
यसका मादक रङ्गहरुले
रङ्गिएर , लठिएर
स्वयं लडखडाइरहेछु ।

– जनकपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.