~यदुनाथ बसन्तपुरे~
ढंग शुन्य छ
अर्काको जरा खन्छ
जूनी बांदरे….
०००
ती पटमूर्ख
रुन्छन् बाघ सम्झंदै
मलिन स्वर….
०००
मान्छे के भनुं
ज्यूंदा यी लासहरु
चिहान हेर्दा….
०००
खराप सोच
मर्नुमा नै छ वेश
डाडुले डाम्दै….
०००
अंध्यारो खोज्ने
अप्ठ्यारा सोचहरु
गर्छौ के गर्व….
०००
किराको गुंड
चिनीको छर्रा पाइ
लडान्त गर्थे…
०००
मुसाको देश
बकुल्लाहरु बासे
शून्यता भित्र….
०००
हराए बुद्ध
सबैको त्यो भाषण
पिशाच हांस्यो….
०००
लालीको ओठ
सालीको जम्काभेट
नागाको वसती….
०००
नेतालाई भोट
वेश्याको पेटिकोट
साधुलाई चोट…
०००