कविता : बिदेशबाट श्रीमतीलाई चिट्ठी

~डम्बर पौडेल~

समुन्द्रको छाल जस्तैः , तरंग भो मन
बिबसताले बाधी ल्यायो , के गर्नु लौ भन ?
छाती चिरी देखाइदिन्थे , मुरी मुरी माया
निदाउदा नि सपनिमा , देख्छु तिम्रै छायाँ |

गैह्रीखेत मिर्मिरेमा , चलिरहने बतास
कामै पाइन स्वदेशमा , मन भयो हतास
छोरा छोरी स्कुलमा ,अस्पतालमा आमा
हात मुख जोर्नै पर्ने , बालबच्चालाई जामा |

डाडा पाखा रमाइला छन् , हरिया छन् बन
सोचि आए बिदेशमा , कमिन्छ कि धन
साहुको ऋण तिरिसके , अब फिर्नु पर्ला
दु:ख जिलो गर्दा त्यहा , दुई छाक अब टर्ला |

तातो घाम दिनभरी , पोले पनि छाती
संगाल्नेछु मेरी प्यारी , जीन्दगीको पाटी
बरु खान्छु साग सिस्नो , नेपाल आफ्नै घर
खानी खोस्री उब्जाई अन्न , पर्छु त्यही भर ||

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.