कविता : यौटा प्रेम कविता

~मनप्रसाद सुब्बा~

समयको सडक हिँडदा हिँड्दै
एकछेउ डिलनेर बसेर
हामीले जे जति कुराहरू गर्यौँ
ती कुराहरू
दन्त्यकथाका मधु-मालतीले बात मारेका होइनन्
ती त हामीले बाँचेका क्षणहरू हुन्
हामी जो ढुंगाको चेपमा उम्रेको घाँसजस्तै
यसबेला एकदमै यहीँनिर छौँ ।
कसैले ती कुरामा अर्कै-अर्कै कुराहरू देखेर
भ्रम मात्र हो भनिदिँदैमा
हामीले बाँचिसकेको त्यो क्षण कहाँ फेरिन्छ र१
त्यो क्षणभित्र देखेको सत्य कहाँ साटिन्छ र ११
हामीले त्यसबेला
मन खोलेर हाँसेका हँसाइहरू
कुनै टूथपेष्टको विज्ञापनलाई थिएनन्
हामीले बोलेका ती शब्दहरू
कुने नाटकको निर्देशकले रटाएका होइनन् ।
घडीको घेरोबाट मुक्त क्षणहरूसित म
उपभोक्तावादको बजार छोडेर टाढा पुगेको थिएँ
म ती क्षणभरिका
विश्वास र आत्मविश्वासको कुरा गरिरहेछु ।
कतै तिमीलाई मेरो यस्तो कुरा
वहियात त लागिरहेको छैन र ?

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.