गजल : मिलाएरै हेर

~राधा वाग्ले~

लुकि छिपी हेर्छौ किन मिलाएरै हेर
जुनि जुनिको भरोसा दिलाएरै हेर ।

बैँश फुल्दा प्रेम प्यासले तिर्खाएको दिलमा
मायाको मात कति लाग्छ पिलाएरै हेर ।

तिम्रै लागि मनको बारी खनि खोस्रेकी छु ।
मन भित्रका कुना काप्चा जिलाएरै हेर ।

पछि फेरि सानो कुराले मन फाटेर जाला
कहिल्यै नफाटिने गरि सिलाएरै हेर ।

सिधै माया गर्छु तिमिलाइ म कसरी भनु
यी नयनका इसारामा बिलाएरै हेर ।।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.