गजल : छोडे मैले आज

~वाग्ले प्रकाश ‘बगर’~

महलको स्वप्ना, छोडे मैले आज
हृदयको बाग, तोडे मैले आज

रहरै रहरमा, प्रदेश आए
पिताको पहल, गोडे मैले आज

न तन रह्यो, न त मननै रह्यो
मृत्यु संग दिल, जोडे मैले आज

सबैको ममता, तिरस्कार गर्दै
मैन जस्तो दिल, मोडे मैले आज

न घर न घाट, भयो जिन्दगानी
रिक्त “बगर” नै, ओढे मैले आज

– शिवनगर- चितवन , नेपाल

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.