~प्रभा पोखरेल ‘स्वेशा’~
धुँवै-धुँवाँले पोतिएको अनुहार;
बिस्फोटले खाइसकेको हृदय;
बारुद गोलासँग साटिएका अङ्ग-अङ्ग;
पवित्र मन भइ पो सकेछ लथालिङ्ग;
भाँचिएको मुटु कुँडिएका चाहना;
कहाँ हराए ति निर्दोष स्वच्छ भावना?
युद्ध मैदानबाट भर्खरै फर्किएको उ;
आफैलाई नियाल्छ,
अतितले चित्कार दिएर जान्छ;
बुनेका सपना पानी बनी बगिदिन्छ।
उडाइदिए एकै गोलीले मैले दाजुलाई;
छरपष्ट पारिदिए बहिनीको सिन्दुरलाई;
आँशु नै सुकाइदिए आमा बाबु सबैको;
मान्छेले मान्छे सकी भलाइ भयो कस्को ?
कस्का लागि के गरौं आफैं अनभिज्ञ छु;
कस्को पो यहाँ विश्वास बचाएको छु ?
ह्रदयमा ज्वारभाटा चलिरहेछन् आज;
फसेको थिएँ कसरी यस्तो सञ्जाल माझ;
प्रण गर्छ उ तर आज सबैलाई माया बाँड्ने;
आँफू बाँचेर यस धर्तीमा अरुलाई बचाउने;
जे-जे गुमाएनी यौटा मन त बाँकी छ;
त्यो मन शान्तिको एक प्रतिक बन्नेछ;
शैतानी हात अब धर्तीको लागि फेर्नुछ ॥
-प्रभा
Sydney, Australia
2008-11-16
(स्रोत : रचनाकारको ब्लगबाट सभार)