गजल : नेताहरु

~अरुण छेत्री अनुरागी~

तेरो मेरो लुछाचुडी च्याट्टै छोडे की त नेताहरु
देशका निम्ति हातमा हात जोडे की त नेताहरु

हल्ला सुन्छु फेरी एउटा सहमति गरे अरे
एक-अर्का बिचको दिबार फोडे कि त नेताहरु

सधै भन्छन गम्भिर छौ सहमति खोजि रा’छौ
असहमतिको शृंखला तोडे कि त नेताहरु

तिथि मिति तोकी फेरी अपुरा काम पुरा गर्न
संबिधानमा आफ्नो ध्यान मोडे कि त नेताहरु

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.