~सदानन्द अभागी~
सुधारस मिल्न गयो मस्तैसँग पिएँ प्यारी
यो जीन्दगी के नै छ र तिम्रै लागि जिएँ प्यारी
प्रेमिकाकै कारणले नेपाल आज बन्द थियो
टेक्सी खर्च बच्न गयो पैदल बाटो लिएँ प्यारी
सङ्क्रमण समय छ डर भने मस्तै लाग्यो
कतिखेर के नै हुन्छ त्रासदीमा खिएँ प्यारी
तिम्रो भोग्य बन्न भनी पैदलबाटो हिड्दै थिएँ
ठेस लाग्यो मूच्र्छा परेंँ रक्तदान दिएँ प्यारी
तड्पिएर आए पनि सपना भो यो मिलन
छाती चिरी के देखाऊँ सर्वस्व नै थिएँ प्यारी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )